२०७८ साउन ४ गते ११:५३ विकासन्युज
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुनलामा १.२९ प्रतिशतले बढी हो ।
संस्थाले अघिल्लो वर्षको सो अवधिमा १३ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १८.१० प्रतिशतले बढेर २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कूल सञ्चालन आम्दानी १४.३० प्रतिशतले बढेर २९ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३.२९ प्रतिशतले बढेर २२ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
गत असार मसान्तसम्ममा लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी १६.१४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३१.९५ रुपैयाँ र पीई रेसियो ५०.९९ रहेको छ ।
हाल ८७ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २८ करोड १ लाख रुपैयाँ सञ्चित रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०२.५२ प्रतिशतले बढी हो ।
त्यस्तै, गत असार मसान्तसम्म संस्थाले ८ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा क्रमशः ४८.०२ र ६४.४० प्रतिशतले बढी हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.