२२ सांसदसँग एमालेले माग्यो २४ घण्टे स्पष्टीकरण

  २०७८ साउन ४ गते १३:५१     विकासन्युज

फाइफ फाेटाे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई नेकपा एमालेले २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन नमानेको भन्दै २२ सांसदलाई कारबाही गर्ने प्रस्ताव पेश भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बैठकमा २२ सांसदलाई आजै कारबाही गर्नुपर्छ भन्दै केन्द्रीय सदस्यहरुले होहल्ला गरे पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोध्ने प्रावधान पनि रहेको बताएका थिए ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवालाई वरिष्ठ नेता माधवकुमार नेपाल सहित २२ जनाले विश्वासको मत दिएका थिए ।