रगत अभाव हुन नदिन लायन्स क्लबद्वारा रक्तदान कार्यक्रम आयोजना

  २०७८ साउन १० गते ९:३८     विकासन्युज

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ समर्पणकाे आयाेजनामा कोभिड–१९ को सङ्क्रमणकाबीच रगतको अभाव हुन नदिन काठमाडौंको ताम्राकार कम्प्लेक्समा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स वर्ष २०२१/२२को शुरुवात सँगै अध्यक्षमा लवेद्र सिंह मल्ल नियुक्त भएको उपलक्षमा कार्यकाल शुभारंभको अवसरमा सो रक्तदान कार्यक्रम गरिएको क्लबले जनाएकाे छ ।

उक्त  रक्तदान कार्यक्रमा ६० युनिट रगत संकलन भएको लायन्स क्लब अफ काठमाडौँ समर्पणका अध्यक्ष लवेद्र सिंह मल्लले जानकारी दिए । रगत अभावमा कसैको पनि ज्यान नजाओस् भनेर रक्तदान कार्यक्रम गरिएकाे सेक्रेटरी अमित चौधरीले बताइन् ।

ताम्रकार कम्प्लेक्स मोबाईल व्यापार संघ, नेपाल रेडक्रस सोसाइटी, पाको युथ क्लब समेतको सहभागीता रहेकाे थियाे ।

कार्यक्रमा रक्तदाताहरुलाई प्रमुख अतिथि महानगरीय प्रहरी कार्यालयका डीआईजी उत्तमराज सुवेदी र एमाले केन्द्रीय कार्यकारणी सदस्य रविन्द्रमान श्रेष्ठले प्रमाण पत्र प्रदान गरेका थिए ।