कुमारी बैंकले अक्सिजन प्लान्ट निर्माण गर्न दियो ३ लाख सहयोग

  २०७८ साउन १९ गते १५:५७     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।

मंगलबार एक औपचारिक कार्यक्रमका बिच, बेलका नगर प्रमुख दुर्गा कुमार थापा र उपप्रमुख राज कुमारी चौधरिलाई बेलका शाखाले चेक हस्तान्तरण गरेको हो ।

बिगत ३ बर्षदेखि सेवा सन्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्व अन्तरगत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको बेलका शाखा प्रमुख अमित झाले जानकारी दिए ।

बेलका नगर प्रमुख थापाले कुमारी बैंक बेलका शाखालाई धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए ।

बैंकले देशभर रहेका १९४ शाखा सञ्जाल, १६५ एटिएम, १३ एक्टेनशन काउन्टर लगायत २८ वटा शाखारहित ईकाई मार्फत अत्याधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।