२०७८ साउन १९ गते १६:०५ विकासन्युज
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पर्यटन प्रवद्र्धन तथा संस्कृति समितिको सभापतिमा अर्जुन शर्मा चयन भएका छन् । मंगलबार चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मनोनयन भएका सभापति तथा सदस्यहरुलाई मनोनयन पत्र पनि प्रदान गरेका छन् ।
समितिको सदस्यहरुमा दीपक राज जोशी, हिक्मत सिंह ऐर, बिनय वस्नेत, युवराज श्रेष्ठ, खुम वहादुर सुवेदी, जनक राज कालाखेती, बिक्रम पाण्डे, हरी प्रसाद धरेल, देवचन्द्रलाल कर्ण लाई मनोनयन भएका हुन् ।
उतm अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मल्लले कोभिड १९ को महामारीले नेपालको पर्यटन क्षेत्र बढि प्रभावित भएकोले यस क्षेत्रको प्रवद्र्धनका लागी पर्यटन क्षेत्र संग आवध्द्ध सवै निकायहरु लाग्नु पर्ने बताए ।
समितिमा नेपालको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रको विकासमा लामो अनुभव हासिल गरेका प्रतिनिधित्व भएकोले चेम्बरको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रमा गरिने प्रयाशमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको पनि उनको भनाई छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.