आईएमई लाइफ इन्स्योरेन्सले गर्याे १ करोड दाबी भुक्तानी

  २०७८ साउन २२ गते १५:१४     विकासन्युज

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले प्रदेश नम्बर १ को गाईघाट शाखा कार्यालयबाट बीमित सूर्य बहादुर खड्काको मृत्यु बापत एक करोड बीमाङक रकम बराबरको रकम भुक्तानी गरेको हो ।

२०७६ असार ३१ गते बीमा गरेका खड्काको २०७८ असार १५ गते कोभिड उपचारका त्रममा अस्पतालमा मृत्यु भएको थियो ।

उक्त दाबी रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले मृतक खड्काकी श्रीमत सिर्जना खड्कालाई एक करोड बराबरको चक हस्तान्तरण गरेका हुन ।