१ करोड रकम हिनामिना गर्ने प्रहरी सहायक निरीक्षकविरुद्ध आरोप पत्र दायर

  २०७८ साउन ३१ गते १७:२९     विकासन्युज

काठमाडौं । प्रहरी सहायक निरीक्षक दिलिप कार्कीमाथी प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोलपम्पको पैसा हिनामिना गरेको आरोपमा पुष्टि भएको छ । उनीविरुद्ध पेट्रोलपम्पको १ करोड ३ लाख ९७ हजार हिनामिना गरेको आरोपमा पुष्टि भएको हो ।

योसँगै उनीविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो ।

कार्कीले नक्सालमा प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोलपम्पमा अन्य व्यक्तिले गरेको भुक्तानी रकमलाई हुँदै नभएको कारोबार देखाई पैसा हिनामिना गरेका थिए ।