अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न सरकार गम्भीर छ: प्रधानमन्त्री देउवा

  २०७८ साउन ३२ गते १०:३०     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न सरकार गम्भीर रहेको जनाएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल मार्फत उनले अत्यावश्यक स्थितिमा उद्धार गर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकेको बताएका हुन ।

‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु’, उनले ट्वीट गर्दै भनेका छन, ‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’