विद्युत खपत गर्ने ग्राहककाे संख्या ७.३५ प्रतिशतले बढ्याे

  २०७८ भदौ १ गते १३:५१     विकासन्युज

काठमाडौं । अघिल्लाे आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ७ दशमलव ३५ प्रतिशतले विद्युत खपत गर्ने ग्राहकको वृद्धि भएको छ ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणकाे वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनका अनुसार विद्युतको उपभोग गर्ने ग्राहककाे कुल संख्या ५० लाख ८० हजार पुगेकाे छ ।

घिसिङकाे अनुसार आर्थिक वर्ष ७६ र ७७ मा कुल २ अर्ब ८१ करोड युनिट विद्युत उत्पादन भएको छ । गत आर्थिक वर्षको उत्पादन ३ अर्ब २ करोड यूनिटको तुलनामा यस वर्ष ६ दशमलव ९६ ले घटेको उत्पादन घटेकाे उनले बताए ।