२०७८ भदौ १ गते १५:२९ विकासन्युज
काठमाडाैं । मन्त्रिपरिषदले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका छन् । मंगलबार बसेकाे मन्त्रिपरिषद बैठकले राजनीतिक अस्थिरता निम्त्याउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकाे हाे ।
उक्त राजनीतिक दलसम्बन्धी अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने उल्लेख छ ।
विद्यमान राजनीतिक दलसम्बन्धी ऐनमा संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने प्रावधान छ ।
यसअघि पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अध्यादेश मार्फत ४० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने प्रावधान राखेका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.