राष्ट्रपतिद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी

  २०७८ भदौ २ गते १३:३०     विकासन्युज

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पेश भएकाे राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छिन् ।

मंगलबार बसेकाे मन्त्रिपरिषद बैठकले राजनीतिक अस्थिरता निम्त्याउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर त्यसलाई जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

उक्त राजनीतिक दलसम्बन्धी अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने उल्लेख छ ।

विद्यमान राजनीतिक दलसम्बन्धी ऐनमा संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने प्रावधान छ ।

यसअघि पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अध्यादेश मार्फत ४० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने प्रावधान राखेका थिए ।