२०७८ भदौ २ गते १४:१५ विकासन्युज
काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सले नेपाल महिला चेम्बर कार्य समिति गठन गरेकाे छ ।उर्मिला श्रेष्ठको सभापतित्वमा महिला चेम्बर कार्य समिति गठन गरिएकाे हाे ।
नव गठित नेपाल महिला चेम्बरको महासचिवमा लिमा अधिकारी, कोषाध्यक्षमा चारु सिखारिया, सल्लाहकारहरुमा अन्जना ताम्राकार, सान्ती लक्ष्मी शाक्य, निलम ताम्राकार र सोफी उपाध्याय रहेका छन् ।
यस्तै सदस्यहरुमा राजलक्ष्मी सिंह, जानकी प्रधान श्रेष्ठ, कोहिनुर श्रेष्ठ, स्वरुपा श्रेष्ठ, रज्जु तण्डुकार, विना प्याकुरेल, कल्पना देवि पिया श्रेष्ठ र अदिति गोयल रहेका छन् ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पदाधिकारी तथा सल्लाहकारहरुलाई मनोनयन पत्र प्रदान गरेका छन् ।
उक्त अवसरमा अध्यक्ष मल्लले नेपाली महिलाहरुको आर्थिक उत्थान हुन सकेमा समृद्धि हासिल गर्न सकिने भएकाले नव गठित महिला चेम्बरले महिला उद्यमशीलता विकास तर्फ ध्यान दिनुपर्ने बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.