२०७८ भदौ ८ गते १३:२९ विकासन्युज
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले पुनः नियुक्ती पाएका छन् । भदौ ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ डा. कोइरालालाई नै पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।
सीईओ डा. कोइरालाले आफ्नो पहिलो कार्यकाल सफलतापूर्वक सम्हालेसँगै सञ्चालक समितिले उनलाई दोश्रो कार्यकालको लागि निरन्तरता दिएको हो । यससँगै उनले भदौ १४ गतेदेखि नै लागू हुने गरी दोश्रो कार्यकाल सम्हाल्ने छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.