सुनसरीको माछा अब काठमाडौंमा

  २०७८ भदौ ९ गते १७:२२     विकासन्युज

काठमाडौं । सुनसरीमा उत्पादन गरिएको माछा काठमाडौंका बजारमा बिक्री सुरु भएको छ । सुनसुरीको आर एण्ड आर एग्रो प्रालिले काभ्रेको बनेपा र भक्तपुरको देकोचामा २ ओटा आउटलेट खोलेर बजारीकरण सुरु गरेको हो ।

स्वस्थ, अर्गानिक र ताजा माछा, उपभोक्तामाझ पुर्याउने उद्येश्यले आत्याधुनिक स्तरको खाने माछाको बिक्रिकेन्द्र संचालनमा ल्याइएको जनाईएको छ ।

सुनसरीको इनरुवा, इटहरी, बलाहा, मोरंगको तकिया, झोराहट, र बर्जुमा करिब १२५ बिगाहा क्षेत्रफलमा माछा पालन गरिरहेको आर एंड आरले ‘द फिश किङ्ग’ को आउटलेट उपत्यका आसपास बनेपा र भक्तपुरमा सुरुवात गरेको हो ।

माछाको बजारको प्रमुख हिस्सा ओगटेको भारतीय माछालाई नेपाली उत्पादनले प्रतिस्थापन गर्दै अर्गानिक र ताजा माछा उपभोक्ता माझ पुर्याउने प्रमुख लक्ष्य रहेको कम्पनीका सीईओ सुबोध पोखरेलले जानकारी दिए ।

उनका अनुसार रोहु, कमन कार्प, बिग हेड, ग्रास, पन्गास (जल कपुर), टिलापिया जातको जिउदो तथा फ्रेश माछा उपलब्ध हुनेछ । यस आउटलेटमा माछा किन्न आउने ग्राहकवर्गले सफा र ताजा माछाका साथै अन्तरास्ट्रिय स्तरको स्वछता र गुणस्तरीय प्राप्त गर्ने जिकिर गरे ।

द फिस किङ्गको आउटलेट भक्तपुरको ठीमी, काठमाडौँको बानेश्वर, बल्खु र डिल्लीबजार पिपलबोटमा गरी अन्य ४ वटा आउटलेट चाडैनै संचालनमा ल्याउने तयारी भएको एग्रोको अधक्ष्य राम पौडेलले जानकारी दिए ।

उनका अनुसार द फिश किङ्गलाई ब्रान्ड बनाउदै दशैँ अगाडी दस विभिन्न स्थानमा आउटलेट सञ्चालनमा आउने छ । नेपाली बजारमा आफ्नै पोखरीको माछा आफ्नै बिक्रि केन्द्र बाट बिक्रि गरि स्वदेशी उत्पाधनको बजार प्रबर्दन गरी भारतीय माछाको आयातलाई निरुषाहित गर्ने योजना रहेको जनाईएको छ ।