शेरधन राईले दिए राजीनामा, अब प्रदेश १ काे मुख्यमन्त्री आचार्य

  २०७८ भदौ १० गते १२:२४     विकासन्युज

काठमाडौं । प्रदेश नम्बर १ का मुख्‍मन्‍त्री शेरधन राईले राजिनामा दिएका छन् । उनले प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन् ।

यस्तै नेकपा एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री राईको प्रस्तावमा आचार्य सर्वसम्मत दलको नेता चयन भएका हुन् । आचार्य आजै प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुँदैछन् ।

यसअघि एमाले संसदीय दलका नेता रहेका राईले पदबाट राजीनामा दिएका थिए ।