२०७८ भदौ १० गते १६:५१ विकासन्युज
काठमाडाैं । भायानेटले एनसेलसँगको सहकार्यमा ‘अल इन वान, भायानेट पर्पल प्याक’ अफर ल्याएकाे छ । यस अफर अन्तर्गत ८० एमबिपिएस भायानेट इन्टरनेट लिँदा ग्राहकहरुले १७५ भन्दा बढी च्यानल भएको भायाटिभीसँग–सँगै एनसेलकाे सिम सित्तैमा पाउनेछन् ।
यस सिम मार्फत ग्राहकले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाउनेछद् । त्यस्तैगरी, यो सिम मार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउने छन् ।
यी सबै सुविधाहरु ग्राहकहरुले जम्मा मासिक १६०० मा पाउनेन् । यो अफर भायानेटको १०० एमबिपिएस इन्टरनेटमा पनि उपलब्ध छ ।
सुपर स्पीड इन्टरनेट, मनोरञ्जनको लागि १७५ भन्दा बढी च्यानल भएको भायाटिभी, एनसेलको फष्ट क्लास मोबाइल डेटा प्याक, फ्रि टकटाइम, एसएमएस लगायतका सुविधा भएकोले यो पर्पल प्याक साँच्चै नै अल–इन–वान रहेकाे कम्पनी दावी गर्दछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.