राम्रो काम गर्ने बैंकलाई ‘रिकगनाइज’ गर्ने नीति आवश्यक छः पोखरेल

  २०७८ भदौ ११ गते १६:३४     विकासन्युज

काठमाडौं । डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युमन पोखरेलले नेपाल राष्ट्र बैंकले राम्रो काम गर्ने संस्थालाई रिकगनाइज गर्ने सिस्टम तथा नीतिको आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘मौद्रिक नीति कार्यान्वयनः निर्देशित कर्जाको उपयोगिता’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

‘यो वर्षको मौद्रिक नीति कठिन समयमा आएको छ, कठिन समयमा आएको मौद्रिक नीति धेरैले प्रशंसा गर्नु भएको छ, मौद्रिक नीति आर्थिक पुनरुत्थान तथा स्थायित्वका लागि आएको छ, तर, अब राम्रो काम गर्ने संस्थालाई रिकगनाइज गर्ने प्रणाली ल्याउन आवश्यक छ,’ उनले भने ।

यस्तै, उनले सम्बोधन बाँकी रहेका विकास बैंकका सुझावहरु आउने एकीकृत निर्देशिकाबाट सम्बोधन हुने अपेक्षा रहेको बताए ।