नेपाल एकीकृत समाजवादीको संसदीय दल नेतामा सर्वसम्मत चयन

  २०७८ भदौ १३ गते १३:५१     विकासन्युज

काठमाडौं । माधव कुमार नेपाल नेपाल एकीकृत समाजवादीको संसदीय दल नेतामा सर्वसम्मत चयन भएका छन् ।

नेपाल एकीकृत समाजवादीको सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

नेकपा (एकीकृत समाजवादी) ले भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको हो ।