२०७८ भदौ १५ गते १९:१९ विकासन्युज
काठमाडौं । सस्तो इन्टरनेट सेवा रहेको सिजिनेटले महिलाहरूको लागि लक्षित गर्दै तीजको अफर सार्वजनिक गरेको छ । उक्त अफर भाद्र १६ देखि भाद्र ३० सम्म चल्ने कम्पनीले जनाएको छ ।
उक्त अफरमा महिला ग्राहकहरूले ६ महिना वा १२ महिनाको इन्टरनेट प्लान सब्सक्राइब गर्नुपर्ने हुन्छ । उक्त अफर सब्सक्राइब गरे वापत ‘लक्की ड्र’बाट दैनिक रूपमा २ वटा घराएसी सामाग्री पुरस्कार प्राप्त गर्न सकिनुको साथै अफरको अन्तिम दिन एक जनालाई बम्पर लक्की ड्र र ९ जनालाई थप पुरस्कार प्रदान गरिनेछ ।
कम्पनीको अनुसार उक्त अफर सिजिनेटको कभरेज भएको स्थानहरूमा मात्र उपलब्ध हुनेछ ।
सिजिनेटले आफ्नो विस्तार जावलाखेल, कुपण्डोल, कुलेश्वर, कालीमाटी, सतुंगल, बल्खु, छाउनी, कलंकीमा गरी सकेको छ । थप स्थानहरूमा पनि आफ्नो सेवा चाँडै नै विस्तार गर्ने कम्पनीले जनाएको छ ।
चौधरी ग्रुप अन्तरगत सिजि कम्युनिकेसनले सिजिनेटको सेवा प्रदान गर्दै आइरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.