परिवार दल अध्यक्ष ढकाल किन गए दिल्ली ?
२०७८ भदौ १८ गते १७:०२ विकासन्युज
काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल शुक्रबार एयर इन्डिया बिमान मार्फत दिल्ली भ्रमणको लागि प्रस्थान गरेका छन् । भारतीय सांसदहरुको निमन्त्रणामा उनी भारत गएकाे बुझिएकाे हाे ।
उनले इंडिया इन्टरनेश्नल सेन्टरमा आयोजित क्षेत्रीय शान्ति तथा सुरक्षा सम्बन्धि कार्यक्रममा सहभागिता जनाउने भ्रमणमा सहभागी परिवार दलका प्रवत्ता सन्तोष पौडेलले जानकारी दिए ।
भ्रमणको क्रममा दुई देशको मित्रता अभिवृद्धि गर्न भारतीय नेताहरुसंग छलफल हुनेछ । ढकाल भाद्र २२ गते स्वदेस स्वदेश फर्किने ढकालको सचिवालयले जनाएको छ ।
दलको केन्द्रीय कार्यसमितिको बैठकले तेश्रो राष्ट्रिय महाधिवेशन यहि कार्तिक २८–२९ गते काठमाडौमा सम्पन्न गर्ने निर्णय गरेसँगै ढकालले गरेका भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।