२०७८ भदौ १९ गते १४:५८ विकासन्युज
काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् ।
शुक्रबारदेखि उनमा सामान्य ज्वरो आएको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।
उनका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीले पार्टीका विभिन्न कार्यक्रम र भेटघाट हिजैदेखि रोकिएको छ । अहिले उहाँ बालकोटस्थित आफ्नै निवासमा नै आराम गरिरहेका छन् । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.