२०७८ भदौ २० गते १०:१८ विकासन्युज
काठमाडौं । नेपालका लागि महिन्द्रा युटिलिटी सवारी साधन र ट्रयाक्टरको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपले बागमती प्रदेशको चितवनको मिलनचोकमा आफ्नो डिलर विस्तार गरेको छ । नेटवर्क–बतास ब्रदर्स प्रा लि को नयाँ शाखामा महिन्द्रा ट्रयाक्टरको नयाँ बिक्री, सेवा र स्पेयर पार्ट्सयुक्त शोरूम उद्घाटन गरेको हो ।
महिन्द्रा ट्रयाक्टरका विभिन्न मोडलहरूसहितका बिक्री, सेवा र स्पेयर पार्ट्सयुक्त सो नयाँ बिक्री केन्द्रको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, महिन्द्रा एण्ड महिन्द्रा नेपालका कन्ट्री मेनेजर आशिष जोशी, जिसस चितवनका सभापति कृष्णकुमार डल्लाकोटी र बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्ताराज बतासले संयुक्त रुपमा सोरुमको उद्धघाटन गरेका हुन ।
कम्पनीले ट्रयाक्टर ग्राहकहरूको लागि रोमाञ्चक उत्सव योजनाको घोषणा गरेको छ । सो घोषणा अनुसार एलईडी स्मार्ट टिभी वा रोटाभेटरमा ५० प्रतिशत छुट बीचको विकल्प, ६ वर्ष वारेन्टी अवधि, ५ लाखको व्यक्तिगत दुर्घटना बिमाका साथै ५ जना भाग्यशाली ग्राहकहरूका लागि ५ केभीए पावरोल डिजल जेनरेटरको बम्पर उपहार रहेको छ । चाडपर्वको मौसमलाई लक्षित गरी सञ्चालन गरिएको उक्त योजना शोरूम उद्घाटन गरिएको मितिदेखि मंसिर १४ गते (नोभेम्बर २०२१) सम्म ३ महिनाको लागि लागू हुनेछ ।
कम्पनीले चितवन क्षेत्रमा नयाँ महिन्द्रा ट्रयाक्टर शोरूम र सर्भिस सेन्टरको स्थापनाले आगामी दिनहरूमा ग्राहक र कम्पनी बीचको विश्वासलाई अझ बलियो बनाउन तथा हालका एवं नयाँ उद्यमी र कृषकहरूलाई लाभान्वित हुने सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.