नाडेप लघुवित्तको स्वतन्त्र सञ्चालकमा माधब प्रधान नियुक्त
२०७८ भदौ २० गते १२:२८ विकासन्युज
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा माधब प्रधान नियुक्त भएका छन् । भदौ १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रधानलाई रिक्त स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।