मल्टीपर्पस फिनांसको सीईओमा रजनीश सिंह नियुक्त
२०७८ भदौ २२ गते १३:२७ विकासन्युज
काठमाडौं । मल्टीपर्पस फिनांस कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रजनीश सिंह नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा सिंहलाई नियुक्त गरेको हो ।
यससँगै नवनियुक्त सीईओ सिंहले भदौ २५ गतेदेखि लागू हुने गरी संस्थाको सीईओ पदको कार्यभार सम्हाल्ने छन् ।