२०७८ भदौ २२ गते १६:१४ विकासन्युज
काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन् ।
नेकपा एमाले सांसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले एमाले विभाजनपछि एमालेमै रहने भन्दै राजीनामा दिने तयारी गरेका हुन् ।
स्रोतका अनुसार उनको आजै राजीनामा आउन सक्नेछ । विगतमा उनी माधव नेपाल निकट मानिए पनि अहिले भने नेपाललाई छोडेका छन् ।
उनीसँगै सुदूरपश्चिम प्रदेश सरकारकी राज्यमन्त्री अर्चना गहतराजले पनि राजीनामा दिने तयारी गरेकी छन् । उनी पनि यसअघि नेपाल समूहमै थिइन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.