२०७८ भदौ २२ गते १७:२७ विकासन्युज
काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले राजीनामा दिएका छन् । उनले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामा गरेका गरेका हुन् ।
नेकपा एमाले सांसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले एमाले विभाजनपछि एमालेमै रहने भन्दै राजीनामा दिएका हुन् । यसअघि उनी माधव नेपाल निकट मानिए पनि अहिले भने नेपाललाई छोडेका छन् ।
उनीसँगै सुदूरपश्चिम प्रदेश सरकारकी अर्थ राज्यमन्त्री अर्चना गहतराजले पनि राजीनामा दिएकी छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.