२०७८ भदौ २३ गते १३:२३ विकासन्युज
काठमाडाैं । नेपालमा विगतमा पनि लगानी गर्दै आएको होङसी होल्डिङ ग्रुप चाइनाले नेपालमा अझै लगानी गर्न तयार रहेको बताएको छ । ग्रुपका प्रबन्ध निर्देशक ल्यू सु डोङले लगानी आफ्नो ग्रुपले नेपालमा लगानी गर्न तयार रहेको बताएका हुन् ।
नेपालको एसएच इन्भेष्टमेन्ट लिमिटेडसँग सहकार्य गरी होङ्सी सिमेन्टको दोस्रो फेज र दाङ सिमेन्ट परियोजना विकास गर्न प्रकृया अघि बढेको बताउँदै अझै पनि नेपालमा लगानी थप्ने बताए ।
उनले विभिन्न परियोजना विकास गर्न पनि लगानी बोर्डबाट सहयोगको पनि आग्रह गरे । सो ग्रुप नेपालमा झण्डै ४० अर्ब लगानी गरी सिमेन्ट उत्पादन थालेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.