२०७८ भदौ २३ गते १४:३५ विकासन्युज
काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भईरहेको बताएका छन् ।
सुरेश वाग्ले र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षडयन्त्र देश भित्र र देश बाहिरका प्रतिक्रियावादीहरुले गरिरहेको बताउँदै यथास्थितिमा एमसीसी सम्झौंता पारित गर्न नसकिने अडान राखेका हुन ।
उनले सत्तारुढ गठबन्धनलाई बचाएर राष्ट्रलाई क्षति नहुने गरी एमसीसी सम्झौंता अघि बढाउन आफूले चाहेको स्पष्ट पार्दै अर्को वर्ग पूरै तागतका साथ यो गठबन्धनलाई कसरी तोडने ? भनेर लागि परेको उनको दावी छ ।
नेकपा (एमाले) पतन हुने दिशामा अघि बढिरहेको टिप्पणी गर्दै माक्र्सवादी भन्न नहुने, राम, सिता र लक्ष्मणको मूर्ति बोकेर हिँड्ने अवस्था आएकाले एमाले पतनको डिलमा पुगेको उनको तर्क थियो ।
अध्यक्ष दाहालले एमाले नेतृत्वले सूर्य चिन्ह र मदन भण्डारीको दूरुपयोग गरेर पद, पैसा र प्रतिष्ठा आर्जन गर्न जानेको आरोप समेत लगाए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.