२०७८ भदौ २३ गते १७:५७ विकासन्युज
काठमाडौं । नेपाल सरकारले बर्खास्त गरेका कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक तुलसी प्रसाद गौतम कोषमा गुण्डागर्दी शैलीमा कोषमा प्रवेश गरेको आरोप लागेको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ कर्मचारी सञ्चय कोषले उनी गुण्दागर्दी शैलीमा कोषमा प्रवेश भएको आरोप लगाएको हो ।
संघले गौतम अदालतको अल्पकालिन अन्तरिम आदेशको नाममा गुण्डागर्दी शैलीमा कोषमा प्रवेश गरी हाजिर गरेको संघका अध्यक्ष अर्जुन प्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आरोप लगाएको हो । मंगलबार १ बजेतिर प्रहरी प्रशासनको सुरक्षा घेरा लिई कोषको केन्द्रीय कार्यालय पुल्चोक पुगेर कोषका निमित्त प्रशासक जितेन्द्र धिताललाई जवरजस्ती हटाई अदालतको आदेश वमोजिम आफु नै प्रशासक रहेको भन्दै प्रशाकको कार्यकक्षमा करिव आधा घण्टा वसी केही गोप्य फाइलहरु लिएर निश्किएको संघले आरोप लगाएको हो ।
तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओली सरकारका तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले योजना आयोगका सह–सचिव तुलसी प्रसाद गौतमलाई २०७५ बैशाख १० गते ५ वर्षको लागि कोषको प्रशासकको पदमा नियुक्त गरेका थिए ।
वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले उनलाई कोषबाट बर्खास्त गरेको थियो । सरकारले पदवाट बर्खास्त गरेपछि रुष्ट बनेका गौतमले आफुलाई गैरकानूनी रुपबाट हटाइएको भन्दै सर्बोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।
सर्वोच्च अदालतका न्यायाधिश बम बहादुर कार्कीको एकल इजलाशले निजलाई हटाउनुको कारण पेश गर्न र दुबै पक्षलाई आफ्नो कुरा राख्न भदौ २७ गतेको मिति दिई नेपाल सरकार, अर्थ मन्त्रालय, सञ्चालक समिति र कर्मचारी सञ्चय कोषको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.