२०७८ भदौ २५ गते १०:४२ विकासन्युज
काठमाडौं । निजी लगानीमा सञ्चालित मुस्ताङ हेलिकप्टर कम्पनीले उडान अनुमति पाएको छ । बिहीबार नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) बाट उडान अनुमति पाएको हो ।
मुस्ताङ हेलिकप्टरले उडान अनुमति पाएसगैँ ११ वटा हेलिकप्टर कम्पनीले नेपाली आकाशमा उडान गर्नेछन् । कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक रोनन लामिछानेका अनुसार कम्पनीले बिहीबारबाटै सेवा प्रारम्भ गरेको छ ।
कम्पनीसँग एयरबस हेलिकप्टर रहेको छ । यो कम्पनीले अब आफ्नो सेवा रेस्क्यू, चार्टर्ड, कोभिड–१९ बिरामीको उद्धार, एरियल फोटोग्राफी, कार्गो सिलिङजस्ता काममा केन्द्रित हुने जनाईएको छ ।
मुस्ताङ हेलिकोप्टरले शुक्रबारदेखि उडान सुरु गर्ने भएको छ । सुरुवाती चरणमा एक हेलिकप्टरबाट उडान सुर गरेको कम्पनीले थप एक हेलिकप्टर आयातको क्रममा रहेको जनाएको छ ।
कम्पनीले स्पेनबाट डिसेम्बरभित्रै दोस्रो हेलिकोप्टर आइसक्ने जनाएको छ । सिनामंगल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यालय स्थापना गरिसकेको कम्पनीमा क्याप्टेन, इन्जिनियर सहित ३८ जना जनशक्ति रहेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.