अर्थमन्त्रीको आव्हानः अब सवारी साधन किन्दा विद्युतीय नै किन्नुस्

  २०७८ भदौ २७ गते १७:२७     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा विद्युतीय सवारी साधनको प्रयोग बढाउनु पर्ने बताएका छन् । आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले देशमा विद्युतीय सवारी साधनको प्रयोग बढाउनु पर्ने बताएका हुन् ।

उनले मोटरसाइकल समेत विद्युतीय होउन भन्ने आफ्नो चाहना रहेको बताए । उनले मोटरसाइकल पनि विद्युतीय नै हुन् भन्ने चाहनाका साथ कर बढाएको आशय दिए ।

‘सरकारले अब बिद्युतीय सवारी साधनलाई नै प्राथमिकता दिएको छ, अब देशभित्रै विद्युतीय सवारी उत्पादन गर्ने उद्योग स्थापना गर्नु पर्छ, गाडी तथा मोटरसाइकल किन्दा पनि विद्युतीय नै किन्न म आग्रह गर्छु, मोटरसाइकल पनि विद्युतीय नै बनुन् भन्ने हाम्रो ध्यान हो, विद्युतीय साधनमै सरकार केन्द्रित छ,’ उनले भने ।