२०७८ भदौ २९ गते १४:१२ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी निरज गिरीलाई दिइएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना निलम्बित भएसँगै अर्थमन्त्रालयले निमित्तको जिम्मेवारी गिरीलाई दिएको हो ।
गिरी बोर्डका कार्यकारी निर्देशक समेत हुन् ।
मन्त्रालयले बोर्डको दैनिक प्रशासनिक कार्य र बोर्ड सञ्चालन गर्न गिरीलाई भदौ २८ गते जिम्मेवारी दिएको हो । यससँगै उनले अर्को निर्णय नभएसम्म बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् ।
सरकारले सवोत्तम सिमेन्टको सेयर खरिद विवादमा तानिएका बोर्ड अध्यक्ष ढुङ्गानालाई गत भदौ १६ गते निलम्बन गरेको थियो । यससँगै उनीमाथि छानविन गर्न समिति गठन गरी हाल छानविन गरिरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.