२०७८ भदौ ३० गते १८:४० विकासन्युज
काठमाडौं । सरकारले एक महिना अगाडि मात्रै खारेज गरेको भूमी आयोग पुनः ब्युँतिएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमी आयोग खारेज गरेर पुनः गठन गरेको हो ।
सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरी दुई जना पदाधिकारी नियुक्त गरेको छ । भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.