२०७८ असोज ४ गते १६:३३ विकासन्युज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जनामा कोरोना संक्रमित पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १३ हजार ८ सय १७ जनामा गरिएको परीक्षणमा १०९५ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयको तथ्यांक अनुसार देशभर १० हजार ७ सय ८६ पिसिआर परीक्षण गर्दा ३ हजार ३१ र ९७५ जनाको एन्टीजेन विधिबाट पिसिआर परीक्षण गर्दा १२० जनामा संक्रमण भेटिएकाे हाे ।
योसँगै देशभर २२ हजार ३ सय २३ कोरानाका सक्रिय संक्रमित रहेका छन् भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । हालसम्म २ हजार ९ सय ५७ जना संक्रमणमुक्त भएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.