२०७८ असोज ६ गते १९:०६ विकासन्युज
काठमाडौं । एनएमबी सरल बचत फण्ड–ईमा ९२ हजार बढीको आवेदन परेको छ । कम्पनीका अनुसार बुधबार साँझसम्म सो म्युचुअल फण्डमा ९२ हजार ५ सय ९४ जनाको आवेदन परेको हो ।
९२ हजार बढी आवेदकहरुबाट ५ करोड ७४ लाख २३ हजार २९० ईकाईका लागि आवेदन दिएका छन् । कम्पनीले भने ४ करोड ईकाइका लागि मात्रै आवेदन माग गरेको थियो ।
कम्पनीका अनुसार ९१ हजार ७१७ जना आवेदकले १ सयदेखि ९ हजार सम्मको ईकाइ माग गरेका छन् भने ८ सय ७७ जनाले ९ हजार ५ सय ईकाइदेखि ३० लाख ईकाइसम्म माग गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.