बेदुराम भुसाल बने एकीकृत समाजवादीको महासचिव

  २०७८ असोज ७ गते १२:०९     विकासन्युज

काठमाडाैं । बेदुराम भुसाल नेकपा (एकीकृत समाजवादी) को महासचिव बनेका छन् । एकीकृत समाजवादीको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले भुसाललाई महासचिव चयन गरेकाे हाे ।

यस्तै बैठकले उपमहासचिवमा गंगालाल तुलाधार, प्रकाश ज्वाला र विजय पौडेललाई चयन गरेकाे छ भने सचिवमा रामकुमारी झाँक्री, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र जगन्नाथ खतिवडालाई चयन गरेकाे छ ।