राष्ट्रियसभाबाट विनियोजन विधेयक पास

  २०७८ असोज ७ गते १४:५०     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पास भएको छ । बिहीवार बसेको राष्ट्रियसभाको बेठकले विनियोजन विधेयक पास गरेको हो ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक २०७८ मा उल्लेखित विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिन सांसदको नाम मागेका थिए । तर कुनै दलबाट नाम नआएपछि अध्यक्ष तिमल्सिनाले राष्ट्रियसभाबाट विनियोजन विधेयक पास गरेका हुन ।

बिहीवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध कायमै राखेको छ । राष्ट्रियसभाको अर्को बैठक असोज ८ गते शुक्रवार ११ बजे बस्नेछ ।