२०७८ असोज ७ गते १८:४५ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वस्तुुगत संघहरू फ्लोरीकल्चर एसोसिएसन अफ नेपाल, एल।पि। ग्यांस उद्योग संघ र नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष, पदाधिकारी एवं कार्य समिति सदस्यहरुको स्वागत एवं बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले संघका निर्वाचित पदाधिकारी र कार्य समिति सदस्यहरूलाई स्वागत गर्दै निर्वाचित उद्यमी व्यवसायीहरूलाई आआफना क्षेत्रका धारणा राख्न आग्रह गरेका थिए ।
सो क्रममा फ्लोरीकल्चर एसोसिएनका अध्यक्ष मीन बहादुर तामाङले कोभिडकाकारण पुष्प व्यवसाय क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नु परेकाले राहत उपलब्ध गराउनुपर्ने, स्वदेशी पुष्प प्रवद्र्धनका लागि आयातित फूल प्रतिवन्ध लगाउनुु पर्ने, पुुष्प नीतिलाई संघीय संरचना अनुसार परिमार्जन गर्न महासंघले सहयोग गर्नुपर्ने बताएका थिए ।
यस्तै नेपाल एल।पि। ग्याँस उद्योग संघका अध्यक्ष कुश प्रसाद मल्लीले ठूलो लगानी रहेको एल।पि। ग्यांस उद्योगहरूलाई राज्यले हेर्ने नजरमा परिवर्तन गर्नुपर्ने, केवल खाना पकाउने इन्धनको रुपमा मात्र नलिई अन्य औद्योगिक प्रयोजनका उपायहरू पनि पहिल्याउनु पर्ने लगायतका सुझाव दिएका थिए ।
हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले उत्तरी छिमेकी देशसँग जोडिएका खासगरी तातोपानी र रसुवाका व्यापारिक नाकाहरू सुचारु नभएको र चीनसँगको व्यापार पूर्वावस्थामै फर्कन नसक्दा चीनसँग व्यापार गर्ने व्यवसायीहरू निकै ठूलो आर्थिक मारमा परेकाले महासंघले तत्काल नेपाल सरकार तथा चिनियाँ राजदूतावासमा यस सम्बन्धमा पहल गरी समस्या समाधानमा सहयोग गर्नुपर्ने बताएका थिए ।
गुनासाहरुलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले कोभिडबाट थलिएका पुष्प व्यवसायी, एल। पि ग्याँसका सम्बन्धमा सरकारसँग बसेर छलफल गर्ने, चीनसँगको व्यापारिक नाका पूर्वावस्थामै संचालन गर्न चिनियाँ राजदूत र नेपाल सरकारको सम्बन्धित निकायमा भेटी पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
फ्लोरीकल्चर एसोसिएनका अध्यक्ष तामाङको अनुसार नेपाली पुष्पको आन्तरिक उत्पादनले करिब ९१ प्रतिशतको हाराहारीमा आन्तरिक बजार माग पुरा गरिरहेको छ । यस्तै नेपाल एल।पि। ग्याँस उद्योग संघका अध्यक्ष मल्लीको अनुसार यस्तै एल।पि। ग्याँस उद्योगमा करिव ११ सय करोड लगानी रहेको छ भने करिव २२ देखि २५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । संघमा हाल ५८ वटा ग्याँस उद्योगहरू आवद्ध रहेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.