समाज कल्याण परिषद्का पदाधिकारीको सामूहिक राजीनामा

  २०७८ असोज ८ गते १२:४६     विकासन्युज

काठमाडौं । समाज कल्याण परिषद्का पदाधिकारीहरुले सामूहित रुपमा राजीनामा दिएका छन् । शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवालाई सबै पदाधिकारीहरुले सामूहिक राजीनामा बुझाएका हुन् ।

परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिने निर्णय अनुसार आज प्रधानमन्त्रीलाई राजीनामा बुझाएको परिषद्का उपाध्यक्ष डा। पद्यप्रसाद खतिवडाले जानकारी दिए ।

सामूहिक राजीना दिनुको मुख्य कारण दिउँसो पत्रकार सम्मेलनमा गर्ने भन्दै खतिवडाले देउवा सरकारले हस्तक्षेप गर्दा काम गर्ने वातावरण नभएपछि राजीनामा दिनुपरेकाे बताए ।