२०७८ असोज १० गते १२:३१ विकासन्युज
काठमाडौं । मध्य बानेश्वरस्थित केएफए बिजनेस स्कुलले ‘बि सी एस आईटी’ नामक नयाँ काेर्ष घोषणा गरेको छ ।
लिंकन विश्वविद्यालय अन्तर्गत ९ स्तम्भ सहितको नयाँ बि.सी.एस. आईटी कार्यक्रम नेपालमै पहिलोपटक आफुहरुले ल्याएको संस्थाले दावी गरेको छ ।
शिक्षा क्षेत्रमा विगत २१ वर्ष देखिको अनुभव रहेको के एफ ए ले विश्वजगतमा आईटीको महत्व बढेसँगै आफ्नो नयाँ आयाम थपेको जानकारी दिएको छ ।
नेटवर्किङ्गका साथै साइबर सेक्युरिटीलाई मुख्य केन्द्रबिन्दु बनाएको उक्त कार्यक्रम ३ वर्षको हुनेछ । कलेजले प्लुस २ परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि यस विषयको माग र सम्भाव्यता सम्बन्धि जानकारी दिन निस्शुल्क सेमिनार आयोजना गर्ने घोषणा समेत गरेको छ ।
उक्त सेमिनारको रजिष्ट्रेसन भने खुला भईसकेको छ । सेमिनार वा अन्य जानकारीका लागि ०१-४४९१४१४ सम्पर्क गर्न सकिने केएफएले जनाएकाे छ ।
केएफएले शैक्षिक क्षेत्र अन्तर्गत एम.बि.ए प्लस र बि.एच.एम कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.