२०७८ माघ २८ गते १२:३५ नकुल भारती
काठमाडौं । चावहिलस्थित सडक छेउमा बसेर लामो समयबाट व्यापारीहरु घरायसी प्रयोजनमा प्रयोग हुने ढुङ्गाको सिलौटो बनाउँदै आएका छन् । उनीहरु दिनहुँ ढुङ्गाको आर्कषक सामानहरु बनाउँछन् ।
तराईबाट ल्याएको ढुङ्गालाई कुदेर जातो, सिलौटा निमार्ण गर्दै आएको व्यापारीहरु बताउँछन् । मसलाजन्य सामग्री पिस्नका लागि मिक्सर लगायतका उपकरण आए पनि परम्परागत ढुङ्गाका लोहोरो र सिलौटो प्रयोग अहिले पनि उस्तै रहेको छ ।
हरेकदिन चावहिलको सडकको छेउमा बसेर उनीहरु आफ्नै सुरमा ढुङ्गा कुँदिरहेका हुन्छन् । धुलाम्मे सडकको छेउमा बसेर यसैगरी एकोहोरो घन र छिनो चलाउँदै उनीहरुले धेरै वर्ष कटाइसकेका छन् ।
‘घन र छिनो मेरो सानैदेखिको साथी हो, सिलौटो बनाएर बेच्ने हाम्रो पुर्ख्यौली पेशा नै हो,’ व्यापारी राम यादव भन्छन् ।
यसरी ढुङ्गालाई कुँदेर उनीहरु दिनमा १ हजारदेखि ५ हजार रुपैयाँसम्म आम्दानी गर्ने बताउँछन् । यसरी बनेका सिलौटाको मूल्य १ हजार रुपैयाँदेखि माथि पर्ने व्यापारीहरु बताउँछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.