२०७८ फागुन २ गते १२:०० विकासन्युज
काठमाडौं । अब काठमाडौं उपत्यका खानेपानीको बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ ।
व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्दा ढिला भइ जरिवाना तिर्नुपर्ने समस्यालाई मध्यनजर गर्दै डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको काठमाडौं उपत्यका खानेपानीले जनाएको छ ।
त्यति मात्र नभएर खल्तीबाट खानेपानीको बिल भुक्तानी समय मै गरी रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् ।
‘खल्ती’बाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका निम्ति यदि २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाँकी भए बोर्ड अमाउन्ट तिर्न पर्नेछ । त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्टबाट भुक्तानी गर्न सकिनेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.