२०७८ फागुन ४ गते १७:५९ विकासन्युज
काठमाडौं । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाण्डौंको टिकाथलिमा पनि सह-वितरण शोरुमको उद्घाटन गरेको छ । डिशहोम फाईवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको उक्त शोरुमबाट फागुन ४ गतेदेखि सञ्चालनमा आएको हो ।
उक्त सोरुमको संचालन टेककेयर टेक्नोलोजिले गर्नेछ । विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको टेककेयर टेक्नोलोजिले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नया सोरुम मार्फत दिनेछ ।
२ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको टेककेयर टेक्नोलोजिले अब अझ बढी ग्राहककोमाझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने टेककेयर टेक्नोलोजिका संचालक दिपक थापाले जानकारी दिए ।
शोरुमको उद्घाटन डिशहोमका तर्फवाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकार र रबिन थापाको उपस्थितिमा सम्पन्न भएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.