२०७८ फागुन २९ गते १८:०८ विकासन्युज
काठमाडाैं । डिशहोम फाईवरनेटको ग्राहक संख्या एकलाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर डिशहाेमले सुरु गरेकाे डिशहोम फाईवरनेटकाे प्रयाेगकर्ता एक लाख पुगेकाे हाे ।
एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थीत डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन डिशहोम भएकाे बताए ।
यस्तै उनले डिशहाेम फाईवरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरुलाई सेवा दिँदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जाने पनि बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.