२०७८ चैत ७ गते १५:३१ विकासन्युज
काठमाडौं । एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंस्थित लैनचौरमा रहेको आफ्नो अफिस परिसरमा बनाएको मैदानको सुन्दरतालाई हामीले फोटोमा कैद गरेका छौं ।
विभिन्न सुविधाहरूसहित निर्माण सम्पन्न गरेर एनसेलले काठमाडौं महानगरपालिका-२६ लाई हस्तान्तरण गरिसकेको छ । मैदान आमनागरिकका लागि खुला गरिएको एनसेलले जानकारी दिएको छ ।
५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ए साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा बनाएका छन् ।
मैदानमा अन्तर्राष्ट्रियस्तरको एस्ट्रोटर्फ बिच्छाई मिनी फुटबल मैदान बनाइएको छ । एनसेलले आफ्नो सामाजिक पहल अन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनलगायत क्षेत्रमा १.४२ अर्ब रुपैयाँभन्दा बढी योगदान गरिसकेको जनाएको छ ।
थप तस्बिरहरू हेर्नुस्
Copyright © 2025 Bikash Media Pvt. Ltd.