२०७८ चैत १६ गते १६:१८ विकासन्युज
काठमाडौ । सूचना प्रविधि कम्पनी रिङ्गेज प्रालिले आवाजमा अधारित नयाँ संचार सेवा ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ सार्वजनिक गरेको छ । भक्सक्रो प्रालिको प्राविधिक समन्वयमा संचालित रहेको यो सेवाको नेपालमै पहिलो व्यावसायिक सरुवात गरिएको रिङ्गेजका अध्यक्ष दिपेश रेग्मीले बताए ।
सामान्य भाषामा बुझ्दा एकै समयमा हजारौं फोन नम्बरमा एउटै रेकर्डेड सन्देश प्रशारण गर्ने प्रविधि नै ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ रहेको रेग्मी बताउँछन् । प्रचलनमा रहेको बल्क एसएमएस सिस्टमको परिस्कृत सँस्करण भ्वाइस कलिङ सिस्टमका रुपमा यो सेवा आएको रेग्मीको भनाइ छ । यसलाई भ्वाइस एसमएस पनि भनिन्छ ।
चुनाबमा भोट माग्न मात्र नभइ कुनै पनि कम्पनी वा संस्थाको उत्पादन, सेवा तथा गतिविधिको जानकारी दिन, बैंकिङ सेवाहरूको सूचना प्रवाह गर्न र पूजा तथा भोज कार्यक्रममा निम्ता दिनका लागि समेत यो सेवा निकै प्रभावकारी हुने रेग्मी बताउँछन् ।
सबै किसिमका परिक्षणमा सेवा प्रभावकारी देखिएपछि भ्वाइस ब्रोडकास्टिङ सिस्टम सार्वजनिक रुपमा सबै व्यक्ति तथा संस्थाको सेवाका लागि उपलब्ध गराइएको रेग्मीको भनाइ छ ।
टेलिकमको शुल्क र कम्पनिको सिस्टमको शुल्क गरेर करसहित एउटा कलको साढे तीन रुपैंया खर्च लाग्ने बताइएको छ । आगामी दिनमा टेलिकमले आफ्नो शुल्क घटाएमा सो अनुसार मूल्य समायोजन गरिने रेग्मीले जानकारी दिए ।
२०२१ मा स्थापित कम्पनीले हालसम्म ७० भन्दा बढी जिल्लाहरूमा पहुँच बनाइसकेको छ । जसमा ९२.७६ प्रतिशत सहभागितामा ९९.५६ प्रतिशत ग्राहकहरू ब्रोडकास्टमा जोडिएका छन् ।
भ्वाइस ब्रोडकास्टिङ सिस्टमको निर्माता कम्पनी भक्सक्रोका अध्यक्ष सुसान्त राई थप्छन् ‘यस्तोमा सम्बन्धित संस्था तथा संगठनले सर्वसाधरणलाई उपयुक्त हुने भाषा र शैलीको प्रयोग गरी सूचना सम्प्रेषण गर्न सक्छन् ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.