२०७८ चैत २३ गते १२:३२ विकासन्युज
काठमाडौं । एनएमबि बैंकले सिरहाको नरहास्थित हिमालय सुगर मिल्स परिसरमा ११ औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ । बैंकले किसान तथा सर्वसाधारण सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले उक्त काउण्टरको शुभारम्भ गरेको हो ।
उक्त विस्तारित काउण्टरको उद्घाटन हिमालय सुगर मिल्सको तर्फबाट महा-प्रवन्धक अवध किशोर यादव र एस एन कुशवाहा, एनएमबि बैंकका मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरु मिथिलेस कुमार झा, कमलेश प्रसाद यादव, अपरेशन म्यानेजर राज कुमार विश्वकर्मा, गोलबजार शाखाका प्रबन्धक सरोज यादव, कर्मचारी संजीव झाले संयुक्त रुपमा गरेका हुन् ।
बैंकले उक्त काउन्टरको स्थापना अघिनै कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराईसकेको छ । त्यस्तै, उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यले बैंकले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता पनि गरिसकेको छ ।
सो अवसरमा बैंकका प्रदेश प्रमुख पोखरेलले यो विस्तारित काउन्टरबाट नगद रहित सेवा लिन ग्राहकलाई अनुरोध गरेका छन् ।
एनएमबि बैंकले यस लगायत हाल देशभरी ११ एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.