२०७८ चैत २३ गते १७:०६ विकासन्युज
काठमाडौं । भिभोले नयाँ वर्षको अवसरमा दुई नयाँ प्रडक्ट सार्वजनिक गर्ने भएको छ ।
नयाँ वर्षमा भिभोले दुई उत्कृष्ट मोडल वाई-३३ एस र वाई-०१ सार्वजनिक गर्ने जनाएको छ । भिभोले उक्त दुई प्रडक्ट थप गुणस्तरीय र नवीन सुविधाहरूको साथ आउने बताएको छ ।
भिभोको वाई-३३ एस मा उत्कृष्ट ५० एमपी मुख्य क्यामेरा छ । अल्ट्रा–क्लियर शटहरू लिन तथा दिन र रातमा फोटोहरु खिच्न धेरै शुटिङ मोडहरू पनि यसमा छन् । फोनमा पाँच हजार एमएएचकव ब्याट्री छ ।
पाँच हजार एमएएचको लामो समयसम्म टिक्ने ब्याट्री भएको वाई-०१ उत्कृष्ट स्मार्टफोन हो । वाई-०१ मा क्रिस्प र इमर्सिभ गेमिङ तथा कन्टेन्ट उपभोग अनुभवको लागि फोनमा ६.५१ इन्च एचडी डिस्प्ले छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.