२०७८ चैत २३ गते १७:२० विकासन्युज
काठमाडौं । साओमीले रेडमी सिरिजका दुई नयाँ स्मार्ट फोन ‘रेडमी नोट ११ एस्, र रेडमि नोट ११ प्रो’ नेपाली बजारमा ल्याएको छ ।
फोन ग्राहकको रूची अनुसार सर्वसुलभ मूल्यमा बजारमा ल्याइएको कम्पनीको भनाइ छ । फोन आजदेखि अनलाइन तथा अफलाइन स्टोरहरुमा उपलब्ध हुने छन् ।
रेडमीले पावरफूल अपग्रेडसहित यी नयाँ स्मार्ट फोनहरु बजारमा ल्याएको हो । साओमीले यी फोनहरूको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एस ओ सि मा उल्लेखनीय सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको छ ।
लन्चको बारेमा बोल्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने, ‘हामीले अहिले लन्च गरेको रेडमी नोट ११ एस र रेडमी नोट ११ प्रो फाइभजी ले फ्ल्यागशिप लेभलको प्रविधिलाई अझै धेरै पहुँचयोग्य बनाउँदै इन्डस्ट्री स्ट्यान्डर्डलाई अझ बढाएको छ ।’
१०८ एमपीको प्राइमरी सेन्सर भएको यी फोनहरुमा जिवन्त र हाइ रेजोलुसनको तस्बिरहरू लिन मिल्ने कम्पनीले जनाएको छ । ८ एमपीको अल्ट्रा वाइड एङल क्यामराले ११८ डिग्रीसम्मको फोटो लिनुको साथै २ एमपीको म्याक्रो क्यामराले नजिकबाट फाइन डिटेल लिन सक्छ । यसको अगाडि भएको १६ एमपीको क्यामराले क्लियर र नेचुरल सेल्फीहरू लिन सक्ने कम्पनीले जनाएको छ ।
ट्रेन्डी फ्ल्याट एज बडी डिजाइन र आकर्षक डिस्प्ले भएको यी फोनहरूमा २ वटा लिनियर स्पिकरहरु छन् जसले भिडियोहरु हेर्दा र गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको अनुभव दिन्छन्
रेडमि नोट ११ एस पोलार व्हाइट, होराइजन ब्लु, र स्पेस ब्ल्याकमा उपलब्ध छ भने रेडमी नोट ११ प्रो ग्रेफाइट ग्रे, पोलर व्हाइट र एट्लान्टिक ब्लुमा उपलब्ध छ । यी दुइवटै फोनहरू ६जिबि+१२८ जिबि र ८ जिबि + १२८ जिबिको स्टोरेजमा नेपालभर उपलब्ध हुनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.