२०७८ चैत २७ गते १४:३० विकासन्युज
काठमाडौं । छिटो र सजिलो तरिकाले घरेलु तथा व्यावसायिक सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा आएको छ । एपले हाल काठमाडौं उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
भेटायोको सुरुवात खासगरी समयमै कुनै पनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र उनीहरूलाई ग्राहकहरूसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरेको छ ।
ग्राहकको अमूल्य समयलाई ध्यानमा राखी ग्राहककै घरदैलोमा व्यावसायिक सेवा सजिलै उपलब्ध गराउनका लागि अनलाइन प्लेटफर्म निर्माण गर्ने निर्णय अनुसार सेवाहरू उपलब्ध गराई जीवनलाई सजिलो बनाउने लक्ष्य राखी ‘भेटायो सेवा’ को स्थापना गरिएको कम्पनीले जनाएको छ ।
सेवामा ढिलाई, समय तालिका व्यस्तता वा मूल्य एकरुपता नभएको अरु अनलाइन सेवामा देखिएको समस्यालाई मध्यनजर गर्दै भेटायो एप सुरु गरिएकोले यससँगै सामग्रीको गुणस्तरमा समेत एप सचेत रहेको जानकारी दिएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.